वाशिङ्गटन राज्य अन्तर्गत COVID-19 (नोवल कोरोना भाइरस) सम्बन्धी - जानकारी, सेवा तथा संसाधनहरू

COVID-19 हटलाइन

यदि तपाईंसँग COVID-19 बारे जिज्ञासाहरू छन् भने, कृपया 1-800-525-0127 मा फोन गर्नुहोस् र # थिच्नुहोस्। तिनीहरूले प्रतिक्रिया जनाएपछि, दोभाषे सेवाहरूमा पहुँच प्राप्त गर्नको लागि आफ्नो भाषा भन्नुहोस्। हटलाइन सोमबार-शुक्रबार बिहान 6 बजेदेखि राती 10 बजेसम्म र शनिबार-आइतबार बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म खुला रहन्छ।

हालका अद्यावधिकहरू

खोप जानकारी सहित कोभिड-19 बारे नवीनतम जानकारीका लागि यहाँ जानुहोस्:

वासिङ्गटनमा मानिसहरूलाई भित्री सार्वजनिक स्थलमा भएको वा खोप नलगाएको, घर बाहिर भएको र अरूबाट 6 फिट (2 मिटर) टाढा रहन असमर्थ भएको अवस्थामा फेस कभरिङ लगाउन आवश्यक पर्छ।

यद्यपि, पूर्णरूपमा खोप लगाएका मानिसहरू केही भिडभाड हुने सेटिङ र स्थानहरूमा बाहेक बाहिरी क्रियाकलाप र मनोरञ्जनमा सहभागी हुन सक्छन्। मानिसहरूलाई दुई खुराकको शृङ्खला (Pfizer-BioNTech वा Moderna) को दुई खुराक लिएको वा एकल खुराक खोप (Johnson and Johnson (J&J)/Janssen) लिएको दुई हप्तापछि पूर्णरूपमा खोप लगाएको मानिन्छ।

केही मानिसहरूलाई फेस कभरङ लगाउन असुरक्षित हुने किसिमका स्वास्थ्य अवस्थाहरू भएको हुन सक्छ तर कसैले पनि आफूलाई चिकित्सा अवस्था भएको छ भनी प्रमाण देखाउन आवश्यक छैन। साथै, सबै रोजगारदाताहरूले एक्लै काम नगर्ने सबै कामदारहरूलाई फेस कभरिङ वा मास्कहरू उपलब्ध गराउन आवश्यक छ।

सबै उर्जा, ल्यान्डलाइन टेलिफोन र पानीका उपयोगिताहरूका लागि जुलाई 31, 2021 सम्म सेवा विच्छेद गर्ने र शुल्कहरू ढिलो बुझाउने कार्यमा प्रतिबन्ध लगाइएको छ। निवासीहरूलाई उनीहरूका बिलहरू भुक्तानी गर्न दिइने सहायता बारे सोध्न उनीहरूको उपयोगीता कम्पनीमा सिधै फोन गर्न प्रोत्साहन गरिन्छ।

सरकारले जुन 30, 2021 सम्मका निस्कासनहरूमा राज्यव्यापी प्रतिबन्धलाई पनि विस्तार गर्‍यो। तपाईंको घरधनी वा सम्पत्ति व्यवस्थापकले प्रतिबन्धको उल्लङ्घन गर्दै हुनुहुन्छ भने, तपाईं Office of the Attorney General मा फोन गर्न र (833) 660-4877 मा सन्देश छोड्न र विकल्प 1 चयन गर्न सक्नुहुन्छ। कर्मचारी सदस्यले तपाईंलाई फेरि फोन गर्नुहुनेछ।

वासिङ्गटन सुचारू अवस्थामा

गर्भनर, Jay Inslee ले वासिङ्गटन निवासीहरूलाई कोभिड-19 को फैलाव रोक्नका लागि विरोधी उपायहरू अपनाउन आग्रह गर्नुभएको छ।

तपाईंको खोप स्थिति जस्तो भएपनि, तपाईंले अझैपनि सार्वनजिक सेटिङहरूमा हुँदा आफू र अरूलाई सुरक्षित राख्न कदमहरू चाल्नुपर्छ। यसमा मास्क लगाउने, अरूबाट कम्तीमा छ-फिट टाढा रहने र भिडभाड हुने र राम्रोसँग हावा नखेल्ने स्थानहरूमा नजाने कार्यहरू पर्दछन्। यसका साथै, तपाईं अझैपनि मध्यम वा ठूलो भिडभाडमा जानुहुँदैन र विशेषगरी बिरामी भएको कोही व्यक्तिको वरिपरि रहेको भएमा कोभिड-19 का लक्षणहरू हेर्नुपर्छ। तपाईंलाई कोभिड-19 का लक्षणहरू देखिए जस्तो लागेमा परीक्षण गराउनुहोस्।

तपाईंको राष्ट्रको वर्तमान सुचारू चरण बारे थप जानकारीका लागि राष्ट्र स्थिति वेबपृष्ठ (अङ्ग्रेजी भाषामा मात्र) मा जानुहोस्।

हाल अधिकृत गरिएका मुख्य क्रियाकलापहरू निम्नानुसार छन्:

  • किनमेल गर्ने, पुन: इन्धन भर्ने, औषधि लिने वा चिकित्सा अपोइन्टमेन्टमा जाने जस्ता अत्यावश्यक क्रियाकलापहरू।
  • अत्यावश्यक व्यवसायमा वा गर्भनरको योजना अन्तर्गत सुचारू गर्न अनुमति दिइएको व्यवसायमा काम गर्न जाने।
  • नजिकैको रेस्टुरेन्टबाट टेकआउट लिन जाने। रेस्टुरेन्टहरू चरण 2 र चरण 3 मा सीमित सङ्ख्यामा अनसाइट डिनरहरूको लागि खुला हुन्छन्।
  • दुई मिटर (छ फिट) को भौतिक दूरी कायम राख्न सक्दासम्म बाहिर हिँडडुल गर्न र खेलकूद खेल्न जानुहोस्। आफ्नो समुदाय बाहिर कोभिड-19 को सम्भावित फैलाव हुन नदिनका लागि आफ्नो घर नजिकैका क्षेत्रहरूमा मनोरञ्जनात्मक क्रियाकलापहरूमा सहभागी हुनुहोस्।
  • फिसिङ, हन्टिङ र अन्य मनोरञ्जनात्मक प्रयोजनका लागि राज्यको पार्क र सार्वजनिक भूमिहरू दिनको समयमा प्रयोग गर्नुहोस्। चरण 2 र चरण 3 मा भएका राष्ट्रहरूको राज्य पार्कहरूमा क्याम्पिङको लागि अनुमति दिइन्छ।
WA सूचित प्रदर्शन सूचनाहरू स्मार्टफोन एप

मेरो फोनमा मैले कसरि WA सुचित प्राप्त गर्न सक्दछु?

आईफोनमा, सेटिंगमा संसर्ग सुचनाहरु सक्षम गर्नुहोस:

-    सेटिंगमा जानुहोस
-    संसर्ग सुचनाहरुको लागि स्क्रोल तल गर्नुहोस्
-    "संसर्ग सुचनाहरु खोल्नुहोस्" क्लिक गर्नुहोस्
-    युनाइटेड राज्यहरु छनोट गर्नुहोस्
-    वासिङ्गटन छनोट गर्नुहोस्

एन्ड्रएड फोनमा:

-    Google Play Store मा जानुहोस्
-    वासिङ्गटन संसर्ग सूचनाहरू एप डाउनलोड गर्नुहोस (WA Notify)

वासिङ्गटन संसर्ग सूचनाहरू के हुन?

Image
WA NOTIFY ले कसरी काम गर्छ

Washington Exposure Notifications  वासिङ्गटन  संसर्ग सूचनाहरूू (WA सुचितको रुपमा थाहा पाउन सकिन्छ) नयाँ उपकरण हो जुन स्मार्टफोनद्वारा काम गर्दछ, कुनैपनि व्यक्तिगत सूचनाहरू साझेदारी नगरी, प्रयोगकर्तालाई साबधानी गर्नको लागि यदि तिनीहरु कोभिड-१९ को सम्पर्कमा रहेका छन् भने।  यो पूर्णरुपमा निजी हो, र थाहा छैन वा चिन्न तपाई को हो वा कहा जानुहुन्छ।

यसले कसरि काम गर्दछ?

जब तपाईले WA सुचित गर्नुहुन्छ, तपाइको फोन अनियमित तरिकाले फेरबदल, नचिनेका कोडहरु तपाईको नजिकको फोनको साथमा फेरबदल गर्दछ जुन तपाईले WA सुचित पनि गर्नुभयो। Bluetooth Low Energy (BLE)  तपाईको बारेमा कुनै सुचना प्रदान नगरी एपले कम ब्ल्युटुथ शक्ति (BLE) प्रबिधिले यी अनियमित तरिकाको कोडहरुलाई फेरबदल गर्दछ। यदि अर्को WA सुचितले प्रयोगकर्ता दुई हप्तापछी कोभिड-१९ पोजेटिभ जाँच भएको नज तपाई जनिक हुनुभएकोमा, र एपमा तिनीहरुको प्रमाणीकरण कोड जोड्नु भएमा, तपाईले अपरिचित सुचना पाउनु हुनेछ जुन तपाई सम्भावित सक्रमित हुनुहुन्थ्यो। यसले तपाईलाई चाडोनै स्याहर प्राप्त गर्न सहयोग गर्दछ र तपाईको वरिपरी भएका मानिसहरुमा कोभिड-१९ फैलाउनबाट रोक्न सहयोग पुर्याउदछ।

यसले कसरि सहयोग गर्दछ?

अध्यनले पत्ता लगाएको यो छ कि धेरै मानिसहरु जो संसर्ग सूचना प्रयोग गर्दछन्, धेरै भन्दा धेरै फाईदा हुन्छ। वासिङ्गटन राज्यका तिनवटा काउन्टीका आधारित मोडेलहरुले देखाएकी त्यहाँ WA सुचित प्रयोग गर्ने थोरै व्यक्तिले समेत सक्रमण र मृत्यु घटाउनेछन्। मास्कहरु लगाएको जसरि, भौतिक दुरी र सानो भेटघाट राख्दा, WA सुचित एक कोभिड-१९ फैलन रोक्न सहयोग गर्ने अर्को औजार हो।

मेरो गोपनियता कसरि सुरक्षित गरिएको छ?

WA सुचित गुगल एप्पल ससर्ग सुचना प्रबिधिमा आधारित रहेको छ। Department of Health (DOH) वासिङ्गटन राजको स्वास्थ्य विभाग(DOH), वा अन्य प्रयोगकर्ताहरु, एप्पल, गुगलसंग प्रणालीले कहिलेपनि व्यक्तिगत सुचना साझेदारी वा कुनैपनि स्थान तथ्यांक संकलन गर्ने गर्दैन। सहभागिता पूर्ण स्वच्छिक हो। प्रयोगकर्ताहरु कुनैपनि समयमा opt in वा out हुन् सक्छन।

वासिङ्गटनले यो समाधान किन छनोट गर्यो?

वासिङ्गटनले एप्पल/गुगलको समीक्षाको समाधानको लागि सुरक्षा र नागरिक स्वतन्त्र बिज्ञहरु र धेरै समुदायका सदस्यहरु सहित एक राज्य निरक्षण समुह गठन गर्यो। समुहले प्लेटफर्मको प्रमाणित बिस्वसनियता, मजबुद तथ्यांक सुरक्षा र अन्य राज्यहरुद्वारा प्रयोगको आधारमा लिन सिफारिस गर्यो।

संसर्ग सूचनाहरू बारम्बार सोधिने प्रश्न

1.    के म WA Notify गर्न भित्र जान्छु?

पर्छ। WA Notify दिने स्वतन्त्र र स्वैच्छिक छ। तपाईं कुनै पनि समय बाहिर जान सक्नुहुन्छ।  बस सुविधालाई बन्द गर्नुहोस् वा एप मेटाउनुहोस्। सबै अज्ञात कोडहरू जुन फोनले अन्य नजिकका प्रयोगकर्ताहरूबाट भण्डारण गरेको थियो त्यो मेटिने छ र पुन: प्राप्त गर्न सकिने छैन।  

2.    के WA Notify कन्ट्याक ट्रेसिङ एप हो?

होइन। सम्पर्क ट्रेसिङले पहिचान गर्दछ कि COVID-19 का लागि सकारात्मक परीक्षण गर्ने व्यक्ति सम्पर्कमा रहेको थियो।   WA Notify ले ट्रयाक गर्दैन वा तपाईं सँग सम्पर्कमा भएका व्यक्तिहरूको बारेमा जानकारी ट्रेस गर्दैन, त्यसैले यसले "सम्पर्क ट्रेसिङ” "गर्दैन।   एपले कुनै पनि व्यक्तिगत जानकारी संकलन वा लिने दिने गर्दैन, त्यसैले कुनै पनि एकाइलाई तपाईं कोसँग सम्पर्कमा हुनुहुन्छ थाहा पाउन सम्भव हुँदैन।

3.    “संसर्ग” के हो?

संसर्ग तब हुन्छ जब तपाईंले अर्को WA Notify प्रयोगकर्ताको नजकिमा आफ्नो महत्त्वपूर्ण समय खर्च गर्नुहुन्छ जसले पछि गएर COVID-19 को लागि सकारात्मक परीक्षण गर्दछ।   यसले भौतिक दूरी र COVID-19 को प्रसारणको बारेमा हालको सीडी (CDC) बाट मार्गदर्शन पालन गर्दछ।

4.    यदि WA Notify ले मलाई म संसर्गित भएँ भनि भन्छ भने के हुन्छ?

यदि WA Notify ले तपाईंको संसर्ग भयो भनेर पत्ता लगाउँछ भने, तपाईंको फोनमा एउटा सूचनाले तपाईंलाई  अब यस पछि के गर्नुपर्छ भन्ने बारेमा जानकारीको साथ वेबसाइटमा निर्देशित गर्दछ।   यसमा कसरी र कहाँ परीक्षण गर्ने, आफैँलाई र तपाईंको नजिकको व्यक्तिलाई सुरक्षित राख्ने भने बारेमा जानकारी, र तपाईंका प्रश्नहरूको उत्तर दिनको लागि साधनहरू समावेश गर्दछ।   वेबसाइटमा निर्देशनहरू ध्यान पूर्वक पढ्नु र यसलाई पालन गर्नु महत्वपूर्ण छ।

5.    मेरो गोपनीयता कसरी सुरक्षित छ?

WA Notify दिने Google Apple संसर्ग सूचना प्रविधिमा आधारित छ, जुन प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षा गर्नको लागि डिजाइन गरिएको थियो। सिस्टमले Google, Apple, वाशिंगटन स्टेट डिपार्टमेन्ट अफ हेल्थ (Washington State Department of Health (DOH)), वा अन्य प्रयोगकर्ताहरूसँग कुनै स्थान डाटा वा व्यक्तिगत जानकारी कहिले पनि संकलन वा साझेदारी गर्दैन। सहभागिता पूर्ण रूपले स्वैच्छिक हो। प्रयोगकर्ताहरूले कुनै पनि समयमा आउन र जान सक्छन्। कसरी प्रयोगकर्ता गोपनीयता सुरक्षित गरिएको बारेमा थप जानकारीको लागि, WA संसर्ग सूचनाहरू (WA Exposure Notifications) गोपनीयता नीति हेर्नुहोस्।

6.    के मानिसहरूलाई यदि COVID-19 को पोजेटिभ जाँच गर्छु भनि थाहा हुन्छ?

हुँदैन। WA Notify अरू कसैसँग तपाईंको बारेमा कुनै जानकारी साझा गर्दैन। कसैले सम्भावित संसर्गको बारेमा सूचना प्राप्त गर्दा, केवल उनीहरूलाई थाहा हुन्छ कि पछिल्लो 14 दिनमा उनीहरूको नजिकको कोहीले COVID-19 को सकारात्मक परीक्षण गर्यो भनेर।   तिनीहरूलाई त्यो को व्यक्ति हो वा कहाँ संसर्ग भयो थाहा हुँदैन।

7.    के मैले WA Notify को लागी तिर्नुपर्छ?

पर्दैन WA Notify निःशुल्क छ।

8.    WA Notify ले वाशिंगटन राज्यलाई कसरी सहयोग गर्दछ?

अध्ययनहरूले संसर्ग सूचना प्रयोग गर्ने धेरै व्यक्तिहरूलाई अधिक लाभ हुन्छ भनि पत्ता लगायो। वाशिंगटन राज्यका तीन काउन्टीका डाटा मोडेलहरूले देखाउँछ कि त्यहाँ WA Notify प्रयोग गर्ने थोरै व्यक्तिहरूको संख्यामा समेत COVID-19  संक्रमण र मृत्यु कम हुनेछ।  COVID-19 को प्रसारलाई रोक्नको लागि मास्क लगाउनु जस्तै, भौतिक दूरी र जमघटहरू न्यून राख्नु, WA Notify अर्को पद्धति हो।

9.    के म राज्य बाहिर यात्रा गरेँ भने WA Notify दिने काम गर्दछ?

गर्दछ। यदि तपाईंले एपको साथ राज्यमा यात्रा गर्नुहुन्छ जसले एप्पल / गुगल प्रविधिको प्रयोग गर्दछ भने, तपाईंको फोनले त्यस राज्यमा प्रयोगकर्ताहरूको साथ अनियमित कोडहरूको आदानप्रदान गर्न जारी राख्नेछ।    यदि तपाईं विस्तारित अवधिको लागि वाशिंगटन बाट बाहिर जानुभयो भने, तपाईंले स्थानीय समर्थन र सतर्कताहरू प्राप्त गर्नको लागि तपाईंले नयाँ राज्यमा विकल्पहरूको समीक्षा गर्नु पर्दछ।  

10.    हामीले किन कन्ट्याक ट्रेसिङ र WA Notify दुबै गर्नु आवश्यक छ?

कन्ट्याक ट्रेसिङ दशकौंसम्म एक प्रभावकारी सार्वजनिक स्वास्थ्य व्यवधान भएको छ। WA Notify ले यस कामलाई अज्ञात रूपले सहयोग गर्दछ। यहाँ एक उदाहरण छ: यदि तपाईंको परीक्षण COVID-19 को पोजेटिभ छ र सार्वजनिक स्वास्थ्य अधिकारीहरूले फोन गर्न र तपाईंलाई तपाईंको हालको नजिकको सम्पर्कमा रहेकाहरू सेयर गर्न सोध्न सक्छन्। तपाईं बसमा सँगै बसेका अपरिचितको नाम दिन सक्नुहुँदैन। यदि तपाईं दुबैले WA Notify प्रयोग गर्नुहुन्छ भने, बसमा आएको अपरिचित व्यक्ति सम्भावित जोखिमको बारेमा अज्ञात रूपमा सतर्क हुन सक्छ र आफ्ना साथीहरू र परिवारमा COVID-19 को प्रसारलाई रोक्नको लागि कदमहरू चाल्न सक्दछ जस्तै  हात धुने र मास्क लगाए जस्तो गरी प्रत्येकले यसको प्रसारलाई रोक्न मद्दत गर्दछ, सँगै उनीहरू अधिक प्रभावकारी हुन्छन्।  

11.    WA Notify ले अरू प्रयोगकर्ताहरूलाई सूचित गर्न कति समय लिन्छ?

COVID- पोजेटिभ प्रयोगकर्ताले WA Notify मा उनीहरूको प्रमाणीकरण कोड प्रवेश गरे पछि प्रयोगकर्ताहरू जो अर्को प्रयोगकर्ताद्वारा COVID-19 मा खुलासा भएको हुन सक्छन् उनीहरूले 24 घण्टा भित्र सूचना प्राप्त गर्नेछन्।   

12.    के WA Notify बाट बहु सतर्कताहरू पाउन सम्भव छ?

हो, प्रयोगकर्ताहरू जो धेरै पटक खुलासा भएका छन् उनीहरूलाई प्रत्येक नयाँ जोखिमको बारेमा सूचित गरिनेछ।   

13.    मैले COVID को पोजेटिभ परीक्षणको जाँच गरेँ भने WA Notify लाई कसरी बताउँ?

यदि तपाईंको परीक्षण पोजेटिभ छ र सार्वजनिक स्वास्थ्य तपाईंसम्म पुग्छ भने, यदि तपाईं WA Notify गर्दै हुनुहुन्छ भने तिनीहरूले सोध्ने छन्।  यदि तपाईं हुनुहुन्छ भने, तिनीहरूले एउटा प्रमाणीकरण कोड बनाई तपाईंलाई WA Notify मा प्रविष्ट गर्न सहयोग गर्नेछ। कोड तपाईंको व्यक्तिगत जानकारीसँग जोडिएको छैन। सार्वजनिक स्वास्थ्यसँग कसले तपाईंलाई कोड प्रविष्ट गर्नुहुँदा संसर्गको बारेमा एपको बारेमा को सूचित हुनेछ भनि थाहा पाउनु कुनै तरिका छैन। चनामा तपाईंको बारेमा कुनै जानकारी समावेश हुँदैन। आफ्ना कोडहरू सेयर गर्ने अधिक व्यक्तिहरू, राम्रो हामीले COVID-19 को प्रसारलाई रोक्न सक्छौं।

14.    के त्यहाँ मेरो फोनमा WA Notify थप्नु भएपछि गर्नु पर्ने केही छ?

थप कार्य मात्र चाहिन्छ यदि:
1.    तपाईं COVID-19 को लागि पोजेटिभ परीक्षण छ भने, वा
2.    तपाईंले आफू संसर्गित हुनुभएको एक सूचना प्राप्त गर्नुभयो।

यदि तपाईंको परीक्षण पोजेटिभ छ भने, र सार्वजनिक स्वास्थ्य तपाईंसम्म पुग्छ, यदि तपाईं WA Notify गर्दै हुनुहुन्छ भने तिनीहरूले सोध्ने छन्। यदि तपाईं हुनुहुन्छ भने, तिनीहरूले एउटा प्रमाणीकरण कोड बनाई तपाईंलाई WA Notify मा प्रविष्ट गर्न सहयोग गर्नेछ। कोड तपाईंको व्यक्तिगत जानकारीसँग जोडिएको छैन। सार्वजनिक स्वास्थ्यसँग कसले तपाईंलाई कोड प्रविष्ट गर्नुहुँदा संसर्गको बारेमा एपको बारेमा को सूचित हुनेछ भनि थाहा पाउनु कुनै तरिका छैन। सूचनामा तपाईंको बारेमा कुनै जानकारी समावेश हुँदैन। आफ्ना कोडहरू सेयर गर्ने अधिक व्यक्तिहरू, राम्रो हामीले COVID-19 को प्रसारलाई रोक्न सक्छौं।

यदि WA Notify ले तपाईंको संसर्ग भयो भनेर पत्ता लगाउँछ भने, तपाईंको फोनमा एउटा सूचनाले तपाईंलाई अब यस पछि के गर्नु पर्छ भन्ने बारेमा जानकारीको साथ वेबसाइटमा निर्देशित गर्नेछ। यसमा कसरी र कहाँ परीक्षण गर्ने, आफैँलाई र तपाईंको नजिकको व्यक्तिलाई सुरक्षित राख्ने भने बारेमा जानकारी, र तपाईंका प्रश्नहरूको उत्तर दिनको लागि साधनहरू समावेश गर्दछ। वेबसाइटमा निर्देशनहरू ध्यान पूर्वक पढि यसलाई अनुसरण गर्नु महत्वपूर्ण छ। सूचनामा कसले तपाईंलाई वा कहाँ संसर्ग गरेको हुन सक्छ भन्ने जानकारी समावेश गर्दैन। यो पूर्ण रूपले अज्ञात छ।

15.    WA Notify प्रयोग गरेर मेरो ब्याट्री निकासी वा धेरै डाटाको प्रयोग गर्दछ?

होइन। यसले ब्लुटूथ कम ऊर्जा प्रविधि (Bluetooth Low Energy technology)को प्रयोग गरेर तपाईंको डाटा र ब्याट्री जीवनमा न्यूनतम प्रभाव गर्नको लागि डिजाइन गरिएको हो।  

16.    के मैले WA सूचनाको लागि काम गर्न ब्लुटुथ चालू राख्नु पर्छ?

पर्छ। WA Notify ले ब्लुटूथ कम ऊर्जा (Bluetooth Low Energy) प्रयोग गर्दछ, त्यसैले ब्लुटूथ जहिले पनि अन्य प्रयोगकर्ताहरू पत्ता लगाउने सिस्टमको लागि सधैँ सक्रिय हुनुपर्छ।

17.    के मसँग काम गर्नका लागि मेरो फोनमा WA Notify खोल्नै पर्दछ?

पर्दैन। WA Notify ले पृष्ठभूमिमा काम गर्नेछ।

18.    WA Notify ले कसरी गलत परीक्षण रिपोर्टहरू रोक्दछ?

WA Notify लाई प्रयोगकर्ताहरूले सार्वजनिक स्वास्थ्य अधिकारीहरूद्वारा प्रदान गरिएको प्रमाणीकरण कोड प्रयोग गरेर पोजेटिभ परीक्षणहरूको पुष्टि गर्न पर्दछ। कोड एक व्यक्तिको पहिचानसँग जोडिएको छैन। कोड प्रवेश गरिसके पछि WA Notify ले प्रयोगकर्ताहरूको अनियमित कोडहरू सँग मेल गर्न सक्दछ जो नजिकै भएका थिए र उनीहरूलाई सम्भावित जोखिम बारे सूचित गराउँछ।   सूचनाले उनीहरूलाई कसले संसर्ग गर्यो वा कहाँ जोखिम भयो भने सम्बन्धी कुनै पनि जानकारी समावेश गर्दैन।  

19.    के WA Notify पुरानो स्मार्टफोनमा समर्थित छ ?

iPhone प्रयोगकर्ताहरूले WA Notify प्रयोग गर्न सक्नेछन् यदि तपाईंको अपरेटिंग प्रणाली निम्न छ भने :

  • iOS संस्करण 13.7 वा पछिल्लो (iPhone 6s, 6s Plus, SE वा नयाँको लागि)
  • iOS संस्करण 12.5 (iPhone 6, 6 plus 5s)

यदि तपाईंको एन्ड्रोइड स्मार्टफोनले ब्लुटुथ कम ऊर्जा र एन्ड्रोइड संस्करण 6 (API 23) वा माथिको समर्थन गरेमा एन्ड्रोइड प्रयोगकर्ताहरूको WA Notify प्रयोग गर्न सक्नुहुन्छ ।

20.    के म WA Notify प्रयोग गर्न 18 हुनुपर्छ?

पर्दैन। WA Notify लाई तपाईंको उमेर थाहा छैन वा जाँच गर्दैन।

21.    के मैले यो फोन कसैसँग सेयर गरेमा यस प्रविधिले काम गर्नेछ?

WA Notify ले कसले सम्भावित संसर्गको समयमा फोनको प्रयोग गरेको थियो भन्न सक्दैन। यदि तपाईंले फोन साझा गर्नुभयो भने, फोन प्रयोग गर्ने सबैले सार्वजनिक स्वास्थ्य निर्देशनहरूको पालना गर्नु पर्दछ, यदि WA Notify ले COVID-19 लाई सम्भावित संसर्ग देखाउँछ भने।  

22.    के WA Notify आईप्याड वा स्मार्ट घडीहरू जस्तै उपकरणहरूमा काम गर्दछ?

होइन। जोखिम सूचना रूपरेखा विशेष रूपमा स्मार्ट फोनहरूको लागि डिजाइन गरिएको थियो जुन आईप्याड वा ट्याबलेटहरूमा समर्थित थिएन।   

23.    वाशिंगटनले यस समाधानको छनौट किन गर्यो?

Apple/Google समाधानको समीक्षा गर्नको लागि वाशिंगटनले सुरक्षा र नागरिक स्वतन्त्रता विज्ञहरू र थुप्रै समुदायका सदस्यहरूलाई समावेश गरेर एक राज्य निरीक्षण समूह गठन गर्यो।   समूहले मंचको प्रमाणित विश्वसनीयता, बलियो डाटा सुरक्षा र अन्य राज्यहरू द्वारा प्रयोग भएको आधारमा ग्रहण लीन सल्लाह दियो।  

24.    वाशिंगटन राज्यले स्मार्ट फोनहरू नभएका मानिसहरूलाई यस प्रविधिमा पहुँच गराउन के गरिरहेको छ?

WA सूचना WA Notify COVID-19 को प्रसार रोक्न सहयोग गर्ने एक मात्र उपकरण होइन। कन्ट्याक ट्रेसिङ र अन्य प्रयासहरूले वाशिंगटनको प्रत्येक बासिन्दाहरूलाई उनीहरूसँग स्मार्टफोन नभए पनि फाइदा पुर्याउँछ। मास्क लगाउनु, शारीरिक रूपमा दूरी, र भेलाहरूको आकारलाई सीमित राख्नु अन्य तरिकाहरू हुन् जसमा सबै जनाले COVID-19 को प्रसारलाई रोक्नमा मद्दत गर्न सक्दछ।  

25.    मैले मेरो WA Notify डाटा सार्वजनिक स्वास्थ्यमा योगदान पुर्याउने बारेमा सूचना प्राप्त गरें । किन?

वाशिंगटन राज्य स्वास्थ्य विभाग (Department of Health, DOH) ले उपकरणमा आवश्यक कुनै सुधार गर्नको लागि WA Notify ले कति राम्रोसँग काम गरिरहेको छ भनेर जान्न चाहन्छ । यदि तपाईं आफ्नो WA Notify डाटा साझा गर्न सहमत हुनुहुन्छ भने, तपाईंको गोपनीयता अझै पनि पूर्ण रूपमा सुरक्षित छ । कुनै पनि व्यक्तिगत जानकारी संकलन वा साझा गरिएको छैन र तपाईंलाई पहिचान गर्ने कुनै पनि तरिका छैन । यो डाटामा DOH ले मात्र राज्य स्तरमा पहुँच गर्न सक्छ ।

26.    यदि WA Notify प्रयोगकर्ताहरू आफ्नो डाटा साझा गर्न सहमत भएमा, के संकलन गरिन्छ ?

यदि तपाईं आफ्नो डाटा साझा गर्न सहमत हुनुहुन्छ भने, तपाईंको गोपनीयता अझै पूर्ण रूपमा सुरक्षित छ । कुनै पनि व्यक्तिगत जानकारी संकलन वा साझा गरिएको छैन र तपाईंलाई पहिचान गर्ने कुनै पनि तरिका छैन । DOH ले मात्र यो डाटा राज्य स्तरमा हेर्न सक्छ, जसमा समावेश हुनेछन् :

  • WA Notify बाट आफ्नो डाटा साझा गर्न सहमत हुने मानिसहरूको संख्या । यसले हामीलाई हाम्रो नमूना प्रतिनिधि कस्तो छ भनेर थाहा पाउन मद्दत गर्छ ।
  • WA Notify प्रयोगकर्ताहरूद्वारा प्राप्त संसर्ग सूचनाहरू (exposure notifications) को संख्या । यसले हामीलाई COVID-19 प्रसारको प्रवृत्ति हेर्न सहयोग गर्छ ।
  • संसर्गको सूचनामा क्लिक गर्ने व्यक्तिको संख्या । यसले हामीलाई सार्वजनिक स्वास्थ्य सिफारिसहरू विचार गर्न इच्छुक व्यक्तिहरूको अन्वेषण गर्न मद्दत गर्छ । 
  • COVID-19 जाँचमा पोजिटिभ हुने व्यक्तिको नजिकमा, तर सूचित संसर्गको लागि पर्याप्त नजिक वा लामो समयसम्म संसर्गमा नरहेका व्यक्तिहरूको संख्या । यसले हामीलाई WA Notify मा संसर्ग निर्धारण गर्ने अल्गोरिदम समायोजन गर्नुपर्छ कि पर्दैन भनेर विचार गर्न मद्दत गर्छ । 

27.    मैले मेरो iPhone मा WA Notify सक्षम गर्दा, के मैले "उपलब्धता अलर्टहरू" टगल अन वा अफ गर्नुपर्छ ? 

तपाईं पर्याप्त समयावधिको लागि वाशिंगटन राज्य बाहिर यात्रा गर्दा अन गर्न सिफारिस गरिए तापनि, अफ गर्दा पनि हुन्छ । उपलब्धता अलर्टहरू अन हुँदा, तपाईंले WA Notify बाहेक नोटिफिकेसन प्रविधिसँग कुनै स्थानको लागि यात्रा गर्दा नोटिफिकेसन प्राप्त गर्न सक्नुहुनेछ । iPhone प्रयोगकर्ताहरूले विभिन्न क्षेत्रहरू थप्न सक्छन् तर एक पटकमा एउटा मात्र सक्रिय क्षेत्र तोक्न सक्नेछन् । तपाईंले नयाँ क्षेत्र सक्रिय गर्नको लागि पुरानो हटाउनु पर्दैन । एन्ड्रोइड प्रयोगकर्ताहरूले विभिन्न राज्यहरूमा WA Notify जस्ता संसर्ग नोटिफिकेसन एपहरू पनि इन्स्टल गर्न सक्छन् तर WA Notify लाई एक पटकमा एउटा मात्र सक्रिय हुने गरि तोकिएको छ ।

28.    WA Notify ले धेरै ब्याट्री प्रयोग गरे जस्तो किन देखिन्छ ?

वास्तवमा, यो सायद त्यस्तो होइन । तपाईंको डिभाइसमा ब्याट्री प्रयोगले WA Notify सहित एपहरूले प्रत्येक दिन प्रयोग गर्ने ब्याट्रीको प्रतिशत देखाउँछ । धेरैजसो एपहरू राती चल्दैनन् । WA Notify पनि चल्दैन, तर यसले तपाईंलाई कुनै सम्भावित संसर्गहरूको बारेमा सचेत गर्नको लागि पोजिटिभ प्रयोगकर्तासँग मेल खाने कुराको लागि अनियमित कोडहरूको जाँच गर्छ । त्यसैले, उदाहरणको लागि, तपाईं सुतेको बेलामा कुनै अन्य एपहरू चालु नहुँदा, WA Notify ले त्यो समयमा प्रयोग भएको ब्याट्रीको उच्च प्रतिशतको प्रतिनिधित्व गर्छ । यसको अर्थ WA Notify ले धेरै ब्याट्री प्रयोग गरिरहेको छ भन्ने होइन - ब्याट्रीको थोरै मात्राको उच्च प्रतिशत मात्र प्रयोग गरेको हो । 

29.    के म एन्ड्रोइड फोनको लागि WA Notify एपको लागि प्राविधिक सहयोग प्राप्त गर्न सक्छु ?

सक्नुहुन्छ । गुगलले हार्डवेयरको समस्या भएका व्यक्तिहरूको लागि सल्लाह वा थप निर्देशनहरू अनुरोध गर्न इमेल सेटअप गरेको छ । इमेल exposure-notifications-api-support@google.com । 

30.    वाशिंगटनले 29 वटा भाषाहरूमा WA Notify जारी गरेको छ, त्यसोभए मैले किन Google Play Store मा यसलाई अंग्रेजी र स्पेनिशमा मात्र देख्छु ?

WA Notify प्रयोगकर्ताको फोनमा सेट गरिएको पूर्वनिर्धारित भाषाको आधारमा संचालित हुन्छ । त्यहाँ WA Notify को एउटा मात्र संस्करण छ, तर कुनै पप-अपहरू - उदाहरणको लागि, एउटा संसर्गको नोटिफिकेसन - वाशिंगटन राज्यले लागू गरेको 29 वटा भाषाहरूको लागि प्रयोगकर्ताको मनपर्ने भाषामा देखा पर्नेछ । 

रोजगारी तथा व्यवसायसँग सम्बन्धित संसाधनहरू

बेरोजगारी लाभहरू

यदि तपाईं आफ्नो जागिर गुमाउनुहुन्छ भने, तपाईं बेरोजगारी लाभहरूका लागि योग्य हुन सक्नुहुन्छ। यदि तपाईंलाई बेरोजगारी लाभहरूको दाबी कसरी भर्ने भन्ने बारेमा जानकारी आवश्यक छ भने, तपाईं 1-800-318-6022 मा फोन गर्न सक्नुहुन्छ। तिनीहरूले प्रतिक्रिया जनाएपछि, दोभाषे सेवाहरूमा पहुँच प्राप्त गर्नको लागि आफ्नो भाषा भन्नुहोस्।

कामदार तथा व्यावसायिक मालिकहरू

कोरोना भाइरसको महामारीले हाम्रो राज्यका सयौं हजार कामदार र रोजगारदाताहरूलाई प्रभाव पारेको छ।

कामदारहरूलाई सुरक्षित राख्नको लागि, रोजगारदाताहरूले निम्न कार्य गर्न आवश्यक छ:

  • आफ्ना कामदारहरूलाई उनीहरूले बुझ्ने भाषामा COVID-19 का संकेत तथा लक्षणहरूको बारेमा शिक्षा दिन।
  • सामाजिक दूरीको योजना कार्यान्वयन गर्न।
  • बारम्बार सफाई र सरसफाई कार्य सञ्चालन गर्न।
  • बारम्बार र उचित हात धुने कार्यलाई सुनिश्चित गर्न।
  • बिरामी कर्मचारीहरू घरमै बस्छन् भन्ने कुरा सुनिश्चित गर्न।

तलबी बिरामी बिदा, कामदारको क्षतिपूर्ति बारे सामान्य प्रश्नका जवाफहरू र कार्यस्थल सुरक्षा आवश्यकताहरूको सारांश Department of Labor & Industries बाट धेरै भाषाहरूमा उपलब्ध छन्।

यदि तपाईंसँग आफ्नो कार्यस्थलको सुरक्षा सम्बन्धी सरोकारहरू छन् भने, तपाईं Department of Labor & Industries लाई सिधै 800-423-7233 मा फोन गरेर उजुरी दायर गर्न सक्नुहुन्छ। फोनमार्फत दोभाषे सेवाहरू उपलब्ध छन्।

यदि तपाईंसँग COVID-19 को अवधिमा आफ्नो व्यवसाय र कर्मचारीहरूसँग सम्बन्धित जिज्ञासाहरू छन् भने, तपाईं रोजगार सुरक्षा विभागमा 855-829-9243 मा फोन गर्न सक्नुहुन्छ।

स्वास्थ्य स्याहार तथा स्वास्थ्य बीमा सम्बन्धी संसाधनहरू

तपाईं नि:शुल्क वा न्यून लागतको स्वास्थ्य बीमाका लागि योग्य हुन सक्नुहुन्छ। Health Care Authority (स्वास्थ्य स्याहार प्राधिकरण) मा 1-855-923-4633 मा फोन गर्नुहोस्। तिनीहरूले प्रतिक्रिया जनाएपछि, दोभाषे सेवाहरूमा पहुँच प्राप्त गर्नको लागि आफ्नो भाषा भन्नुहोस्।

Alien Emergency Medical (AEM) कभरेज भनेको योग्य चिकित्सा आकस्मिक अवस्था भएका र नागरिकता वा अध्यागमनसम्बन्धी आवश्यकताहरू पूरा नगरेका व्यक्ति वा 5-वर्षे बार पूरा नगरेका योग्य व्यक्तिहरूका लागि सञ्चालित कार्यक्रम हो।

Help Me Grow वाशिङ्गटन हटलाइन 1-800-322-2588 ले तपाईं योग्य रहनुभएका विभिन्न स्वास्थ्य कार्यक्रम तथा सेवाहरू पहिचान गर्न र तपाईंलाई त्यसमा आवेदन दिन मद्दत गर्न सक्छ। यसमा निम्न कुराहरू समावेश छन्:

  • WIC (महिला, शिशु तथा बालबालिका पोषण कार्यक्रम)
  • बालबालिका, गर्भवती महिला र वयस्कहरूका लागि स्वास्थ्य बीमा
  • Take Charge Program (टेक चार्ज कार्यक्रम) मार्फत जन्म नियन्त्रण
  • स्वास्थ्य तथा परिवार योजना सम्बन्धी क्लिनिकहरू
  • गर्भावस्था तथा बच्चाका आपूर्तिहरू
  • स्तनपान सम्बन्धी सहायता
  • तिनीहरूसँग खाद्य कार्यक्रम र संसाधनहरू पनि छन्।
आप्रवासी र शरणार्थी सम्बन्धी जानकारी

Office of Immigrant and Refugee Affairs (OIRA) ले आप्रवासीहरूलाई कोभिड-19 बारे महत्त्वपूर्ण तथ्यहरू र आप्रवास सोरकारहरू बुझ्नमा मद्दत गर्दछ। थाहा हुनुपर्ने अन्य महत्त्वपूर्ण केही कुराहरू:

  • अस्पताल र क्लिनिकहरूमा ICE सँग नागरिकता वा अध्यागमन स्थिति साझा गर्न अनुमति छैन।
  • COVID-19 को परीक्षण गराउने र परोपकार वा छूटप्राप्त चिकित्सा स्याहार पहुँच गर्ने कार्यले ग्रीन कार्ड वा नागरिकताका लागि आवेदन दिने तपाईंको क्षमतामा असर पार्दैन।
  • बेरोजगारी लाभहरूका लागि आवेदन दिन तपाईंलाई मान्य सामाजिक सुरक्षा नम्बर आवश्यक हुन्छ। यदि तपाईं बेरोजगारी लाभहरू प्राप्त गर्ने बारेमा कोही व्यक्तिसँग कुरा गर्न चाहनुहुन्छ भने 1-800-318-6022 मा फोन गर्नुहोस्।
  • बेरोजगारी लाभहरू प्राप्त गर्ने कार्यले सार्वजनिक आदेश सम्बन्धी नियमहरू अन्तर्गत ग्रीन कार्ड वा नागरिकताका लागि आवेदन दिने तपाईंको क्षमतालाई जोखिममा पार्दैन।
  • तपाईं Covid-19 लागेको बिरामीको स्याहार गर्नका लागि वा आफू सो भाइरसबाट बिमारी भएमाआफ्नो स्याहार गर्नका लागि वाशिङ्गटन राज्यको परिवारिक तथा चिकित्सा तलबी बिदाका लागि योग्य हुन सक्नुहुन्छ। यो लाभ प्राप्त गर्नका लागि तपाईंलाई सामाजिक सुरक्षा नम्बर आवश्यक हुँदैन। ESD ले अन्य धेरै प्रकारका कागजातहरू स्वीकार गर्छ।
  • यदि तपाईं सहायताको खोजीमा हुनुहुने एक व्यावसायिक स्वामित्वकर्ता हो भने, संघीय सानो व्यवसाय प्रशासनबाट आपतकालीन ऋणको लागि आवेदन दिनाले एक निवासी कार्ड वा राष्ट्रियता प्राप्त गर्ने तपाईंको योग्यतालाई जोखिममा पुर्याउनेछैन।

Office of Immigrant and Refugee Affairs (OIRA) ले तपाईं आफ्नो वा परिवार सदस्यको स्थिति वा आफ्ना लाभहरू बारे अनिश्चित भएमा आप्रवास वकील, आप्रवास अधिकारी वा Department of Justice (DOJ) द्वारा अधिकृत प्रतिनिधिलाई सम्पर्क गर्ने सुझाव दिन्छ। तपाईं अमेरिकी आप्रवास वकील संघको मार्फत वकील फेला पार्न सक्षम हुन सक्नुहुन्छ वा DOJ द्वारा अधिकृत संस्थाको वेबपृष्ठमा जान सक्नुहुन्छ।

ORIA मा शरणार्थी र आप्रवासीहरूको मद्दत गर्नका लागि निम्न कार्यक्रमहरू छन्:

  • जागिर खोजी तथा प्रशिक्षण।
  • अध्यागमन सहायता।
  • युवाको निगरानी।
  • वृद्ध , बालबालिका, विद्यार्थी तथा अन्य शरणार्थीहरूका लागि सहायता।
  • COVID-19 को अवधिमा नियमित कार्यक्रमहरू ढाढैबाट सञ्चालन हुन्छन्। कार्यालयमा तपाईंलाई जागिरहरू वा बेरोजगारीमा मद्दत गर्न, तपाईंको शिक्षामा सहायता गर्न तथा आवास सम्बन्धी मद्दत उपलब्ध गराउनका लागि नयाँ सेवाहरू रहेका छन्। शरणार्थी नगद सहायता तथा शरणार्थी चिकित्सा सहायता योग्यतालाई सेप्टेम्बर 30, 2020 सम्म लम्ब्याइएको छ।
  • सेवाहरू तथा थप जानकारीका लागि, 360-890-0691 मा फोन गर्नुहोस्।

आप्रवासीका अधिकार, रोक लगाइएका नातेदार/साथीका लागि रेफरल सहायता प्राप्ति र अन्य सम्बन्धित जानकारीका बारेमा जिज्ञासाहरूका लागि, तपाईं वाशिङ्गटन आप्रवासी समन्वय नेटवर्कको हटलाइनमा 1-844-724-3737 मा सम्पर्क गर्न सक्नुहुन्छ। फोनमार्फत दोभाषे सेवा उपलब्ध छ।

मानसिक तथा भावनात्मक स्वास्थ्य

यो तनावपूर्ण समय हुन सक्छ। तपाईं वा तपाईंको प्रियजनले निराश, चिन्तित, डराएको वा रिसाएको महसुस गर्नु सामान्य हो। तपाईं एक्लो हुनुहुन्न। सहायता खोज्दा तथा यसको अनुरोध गर्दा केही हुँदैन।

सबैजनाले तनाव र कठिन अवस्थाहरूमा भिन्न-भिन्न तरिकाले प्रतिक्रिया जनाउँछन्। तपाईंले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको आफ्नो, आफ्नो परिवार र आफ्नो समुदायको आफूले सकेसम्मको ख्याल राख्नु हो।

चुनौतीपूर्ण अवस्थाहरूमा तपाईंलाई के कुराले तिनीहरूको सामना गर्न मद्दत गर्छ? के तपाईं साथीहरू र परिवारको सम्पर्कमा आउनुभएको वा उहाँहरूसँग पुन: जोडिनुभएको छ? गहिरो श्वासप्रश्वास तथा तन्काउने सम्बन्धी केही कार्य, केही व्यायाम वा रातको उचित निद्रा हुन सक्छ? आफ्नो स्याहार गर्नको लागि समयलाई प्राथमिकतामा राख्ने कार्यले, यद्यपि त्यसले तपाईंको ध्यान राख्न सक्छ, तनावलाई कम गर्नमा मद्दत पुर्याउन सक्छ।

Washington Listens मा 1-833-681-0211 मा फोन गर्नुहोस्। फोनमार्फत दोभाषे सेवाहरू उपलब्ध छन्। COVID-19 को महामारीको प्रतिक्रियामा, वाशिङ्गटनले Washington Listens भनिने सहायता कार्यक्रम सुरुवात गरेको छ। Washington Listens सेवाहरूको प्रयोग गर्ने मानिसहरूले उन्नत तनावलाई व्यवस्थित गर्न र COVID-19 को कारणले भएका परिवर्तनहरूको सामना गर्न सहायता प्राप्त गर्छन्। वाशिङ्गटनमा रहेका जोकोहीका लागि सहायता विशेषज्ञसँग कुरा गर्न Washington Listens उपलब्ध छ। फोन गर्नेहरूले आफ्नो क्षेत्रमा सहायता र सामुदायिक संसाधनहरूमा संयोजन प्राप्त गर्छन्। कार्यक्रम नामरहित छ।

यदि तपाईं संकटमा हुनुहुन्छ र तपाईंलाई परामर्श प्राप्त गर्नका लागि कसैसँग कुरा गर्न आवश्यक छ भने, केही विकल्पहरू छन्।

  • Disaster Distress Helpline ले कुनै पनि प्राकृतिक वा मानव-सिर्जित विपत्ति सँग सम्बन्धित भावनात्मक कष्ट को सामना गरिरहेका मानिसहरूका लागि तुरुन्तै संकट सम्बन्धी परामर्श उपलब्ध गराउँछ। 1-800-985-5990 मा फोन गर्नुहोस्। तिनीहरूले प्रतिक्रिया जनाएपछि, दोभाषे सेवाहरूमा पहुँच प्राप्त गर्नको लागि आफ्नो भाषा भन्नुहोस्। हेल्पलाइन हरेक दिन 24सै घण्टा उपलब्ध छ।
  • Crisis Connections मा भावनात्मक संकटमा रहेका व्यक्ति, परिवार र मनिसका साथीहरूलाई तुरुन्तै मद्दत उपलब्ध गराउने 24 घण्टे संकट लाइन रहेको छ। यसले King काउण्टीमा बसोबास गर्ने मानिसहरूलाई सेवा पुर्याउँछ। भाषा सम्बन्धी दोभाषे सेवा उपलब्ध छ। 1-866-427-4747 मा फोन गर्नुहोस्।
  • National Suicide Prevention Lifeline ले आत्महत्याको बारेमा सोच्ने मानिसहरूका लागि रोकथाम तथा संकट संसाधनहरू उपलब्ध गराउँछ। प्रियजनहरूले पनि आफ्ना परिवार र साथीहरूलाई मद्दत गर्नका लागि संसाधनहरू प्राप्त गर्न लाइफलाइनमा फोन गर्न सक्नुहुन्छ। 1-800-273-8255 मा फोन गर्नुहोस्। यो हटलाइन दिनको 24 घण्टा, हप्ताको 7 दिन उपलब्ध छ। सेवानिवृत्त सैनिकहरूका लागि विशेष हेल्पलाइन छ। 1-800-273-8255 मा फोन गर्नुहोस् र त्यसपछि 1 थिच्नुहोस्। यदि तपाईं बहिरो हुनुहुन्छ वा कम सुन्नहन्छ भने, 1-800-799-4889 मा फोन गर्नुहोस्।
खाद्य संसाधनहरू

यदि तपाईंसँग 18 वर्ष वा सोभन्दा कम उमेरका बच्चा छन् भने तिनीहरूले विद्यालयहरूबाट नि:शुल्क खानाहरू प्राप्त गर्न सक्छन्। शैक्षिक कार्यक्रमहरूमा भर्ना भएका असक्षमताहरू भएका वयस्कहरू पनि विद्यालयका खानाहरूका लागि योग्य हुन सक्छन्। धेरै अवस्थाहरूमा, यी खानाहरूलाई बस बिसौनीहरू जस्ता विद्यालय बाहिरका स्थानहरूमा वितरण गरिने वा दिइने गरिन्छ। तपाईंको स्कूल डिस्ट्रिक्टले नि:शुल्क खानाहरू उपलब्ध गराउँछ वा गराउँदैन भनी जान्नका लागि त्यसलाई सम्पर्क गर्नुहोस्।

गर्भवती, सुत्केरी महिला र पाँच वर्षमुनिका बच्चाहरूका लागि, तपाईं Department of Health को महिला, शिशु तथा बालबालिका (WIC) कार्यक्रममार्फत खाने कुरा प्राप्त गर्न सक्षम हुन सक्नुहुन्छ। भाषा सहायताका लागि, 1-866-632-9992 मा फोन गर्नुहोस्।

Covid-19 को अवधिमा खाद्यान्नको बढ्दो मागका कारण खाद्य बैंकहरूले आफ्नो समय परिवर्तन गरेका हुन सक्छन् वा तिनीहरूलाई भिडभाडलाई टाढा राख्नको लागि बन्द गरिएका हुन सक्छन्। कृपया जानुअघि फोन गर्नुहोस्। Norwest Harvest भनेको राज्यव्यापी खाद्य बैंक सञ्जाल हो। यो वेबसाइटमा रहेको हरियो बाकसको बायाँपट्टिको बाकसमा आफ्नो शहरको नाम टाइप गर्नुहोस्।

यदि तपाईं पूर्वी वाशिङ्गटनमा बस्नुहुन्छ भने तपाईं Second Harvest मा खाद्य बैंकहरूको सूची फेला पार्न सक्नुहुन्छ। आफ्नो क्षेत्रमा रहेका खाद्य बैंकहरूको सूचीका लागि यो वेबसाइटमा आफ्नो काउण्टी चयन गर्नुहोस्।

आधारभूत खाद्य फाइदा कार्डहरू

आधारभूत खाद्य फाइदा (EBT) कार्डहरूलाई खाद्य किन्न प्रयोग गर्न सकिन्छ र मानिसको दायरामा उपलब्ध हुन्छ। यु.एस. नागरिकहरूले वासिङ्गटन राज्यको Department of Social and Health Services (DSHS) वेबसाइटको आधारभूत खाद्य पृष्ठ मा यो लाभको लागि आवेदन दिन सक्छन्।

नोटः संघीय सरकारले यो संकटको अवधिमा केही वयस्कहरूलाई आवेदन दिइएको कार्य आवश्यकता निलम्बन गर्‍यो। यद्यपि, संघीय सरकारलाई तपाईं यो लाभको लागि योग्य रहन यु.एस. नागरिक हुन आवश्यक पर्दछ।

माथि व्याख्या गरिएको जस्तै डेबिट-शैलीका कार्डहरू सबै अन्य कार्यक्रम आवश्यकताहरू पूरा गर्ने धेरै गैर-नागरिकहरूलाई उपलब्ध गराइन्छ। तपाईं DSHS सँग यो लाभको लागि राज्यको खाद्य सहायता कार्यक्रम मा आवेदन दिन सक्नुहुन्छ।

परिवारहरूका लागि जानकारी र संसाधनहरू

यो सम्पूर्ण परिवारका लागि तनावपूर्ण समय हो। यहाँ आफ्ना बालबालिकासँग यो अवस्थालाई कसरी सम्हाल्ने भन्ने बारेमा केही सुझावहरू छन्:

सुविधाजनक ठाउँमा पारिवारिक छलफलहरू आयोजना गर्नुहोस् र परिवारका सदस्यहरूलाई जिज्ञासाहरू राख्न प्रोत्साहन गर्नुहोस्। साना बालबालिकाहरूले बुझ्ने भाषा प्रयोग गरेर उनीहरूका निश्चित डर वा गलत अवधारणाहरूलाई सम्बोधन गर्नका लागि उनीहरूसँग छुट्टै छलफल गर्ने कुरामा विचार गर्नुहोस्।

तपाईं जानकार रहन आवश्यक भए तापनि, डर वा त्रासलाई प्रवर्द्धन गर्न सक्ने मिडिया केन्द्रहरू वा सामाजिक मिडियाको प्रयोगलाई कम गर्नुहोस्। महामारीको बारेमा तपाईंका बालबालिकाहरूले कति समय मिडिया कभरेज वा सामाजिक मिडियामा बिताउँछन् भन्ने कुरा प्रति विशेषगरी सचेत रहनुहोस् (र यसलाई सीमित बनाउनुहोस्)।

बालबालिकाहरूका जिज्ञासाहरूलाई प्रोत्साहन गरेर तथा उनीहरूलाई वर्तमान अवस्थाको बारेमा बुझ्न मद्दत गरेर उनीहरूलाई सहायता गर्नमा केन्द्रित हुनुहोस्।

  • उनीहरूका भावनाहरूको बारेमा कुरा गर्नुहोस् र तिनीहरूलाई मान्यता दिनुहोस्।
  • उनीहरूलाई आफ्ना भावनाहरू चित्रकला वा अन्य क्रियाकलापहरूमार्फत व्यक्त गर्न मद्दत गर्नुहोस्।
  • भाइरस कसरी फैलिन्छ भन्ने बारेमा रहेका गलत जानकारी वा गलत बुझाइहरू र श्वासप्रश्वास सम्बन्धी सबै रोग COVID-19 निम्त्याउन सक्ने नोवल कोरोना भाइरस होइन भन्ने कुरालाई स्पष्ट पार्नुहोस्।
  • आराम र केही अतिरिक्त धैर्यता प्रदान गर्नुहोस्।
  • आफ्ना बालबालिकालाई नियमित आधारमा वा अवस्था परिवर्तन हुँदा पुन: भेट्नुहोस्।
  • सुत्ने समय, खाना खाने समय र व्यायाम गर्ने समय जस्ता कुरामा आफ्नो परिवारको तालिकालाई अनुकूल राख्नुहोस्।
  • घरमा तपाईं र तपाईंको परिवारलाई अन्य तनावपूर्ण अवस्थाहरूमा उत्कृष्ट महसुस गराउने कार्यहरू जस्तै पढ्ने, चलचित्रहरू हेर्ने, संगीत सुन्ने, खेलहरू खेल्ने, व्यायाम गर्ने वा धार्मिक क्रियाकलापहरू (प्रार्थना, इन्टरनेटका सेवाहरूमा सहभागी हुने) गर्नका लागि समय मिलाउनुहोस्।
  • एक्लोपन, उदासी, रोग लाग्ने डर, चिन्ता, तनाव र त्रास जस्ता भावनाहरूलाई महामारी जस्तो तनावपूर्ण अवस्थामा समान्य प्रतिक्रियाहरू मान्नुहोस्।
  • आफ्नो परिवारलाई आफ्ना पारिवारिक तथा सांस्कृतिक मान्यताहरूका साथमा मनोरञ्जनात्मक तथा अर्थपूर्ण क्रियाकलापहरूमा संलग्न हुन मद्दत गर्नुहोस्।
अतिरिक्त संसाधनहरू र जानकारी

Washington State Commission on Asian Pacific American Affairs (CAPAA)